सशस्त्रका एआईजी ठाडामगर र प्रहरीका एआईजी श्रेष्ठ जनकपुरमा



काठमाडौं, साउन १५ गते ।

सुनसरीबाट सुरु भएको प्रदर्शन मधेसका जिल्लामा फैलिएपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । प्रहरी र सशस्त्रका कार्य विभाग हेर्ने दुई जना एआईजीहरु जनकपुर आई पुगेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए ।

सशस्त्र प्रहरी बलका एआईजी गणेश ठाडामगर र नेपाल प्रहरीका हिमालय श्रेष्ठ जनकपुर आएका हुन् । मधेस प्रदेशको सप्तरीदेखि पर्सासम्म उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

यस्तै, बारा र पर्सामा समन्वय गर्ने गरी प्रहरी प्रधान कार्यालयका एसएसपी होबिन्द्र बोगटी आएका छन् । बोगटी प्रहरी प्रधान कार्यालयस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत थिए ।

Scroll to Top