रेडक्रसमा ६२ जिल्ला समितिले गरेनन् बेरुजु फर्छ्यौट



काठमाडौं, साउन १९ गते ।

नेपाल रेडक्रस सोसाइटीमा ६२ जिल्लाले बेरुजु फर्छ्यौट नगरेको भेटिएको छ । बेरुजु फर्छ्यौट नगरेपछि केन्द्रले परिपत्र गरेको छ ।

नेरेसोका अनुसार केन्द्रले मातहतका संरचनालाई बेरुजु फर्छ्यौट गर्नका लागि २५ वर्षदेखि पत्र समेत पठाएको थिएन ।

‘निर्धारित अवधिभित्र वक्यौता रकम प्रचलित कानुन, नेपाल रेडक्रस सोसाइटीको विधान, आर्थिक नियमावली तथा समाज कल्याण परिषदबाट प्राप्त निर्देशन बमोजिम केन्द्रीय कार्यालको बैंक खातामा जम्मा हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छौं,’ नेरेसोका केन्द्रीय महामन्त्री ऋषिरमण खनालले जिल्लाहरुलाई लेखिएको पत्रमा भनिएको छ ।

जिल्लाहरुले केन्द्रीय कार्यालयलाई बुझाउनुपर्ने वक्यौता रकम २१ दिनभित्र जम्मा गर्न निर्देशन दिइएको छ ।

Scroll to Top