हङकङमा तापक्रमको नयाँ रेकर्ड

तस्बिर : चाइना डेली ।



काठमाडौं, साउन २५ गते ।

हङकङमा तापक्रम हालसम्मकै उच्च हुँदा नयाँ रेकर्ड कायम भएको छ ।

आइतबार दिउँसो ३ः३० बजे यहाँको तापक्रम ३६।९ डिग्री सेल्सियस पुगेको हङकङ अब्जर्भेटरीले जनाएको छ । यो सन् १८८४ मा मौसमसम्बन्धी अभिलेख राख्न सुरु गरिएयताकै सबैभन्दा उच्च तापक्रम हो ।

समुद्री आँधी ‘डल्फिन’को बाह्य वायुमण्डलीय प्रभावका कारण यहाँ अत्यधिक गर्मी बढेको अब्जर्भेटरीले जनाएको छ ।

मौसमविद्ले यो प्रचण्ड गर्मी अझै केही दिनसम्म कायम रहने प्रक्षेपण गरेका छन् । यसक्रममा केही क्षेत्रमा तापक्रम ३७ डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ ।

यसैबीच, आइतबार दिउँसो चीनको पूर्वी तटीय क्षेत्रस्थित झेजियाङ प्रान्तमा डल्फिन आँधी ठोक्किएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Scroll to Top