दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा राख्न आदेश



काठमाडौं, साउन २७ गते ।

विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका दुई व्यक्तिलाई थुनामा राख्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो ।

सम्पत्ति शुद्धीकरणको पहिलो मुद्दामा थुनामा रहेका उनीहरूलाई बुधबार अर्को मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो ।

दुवैजनाको बयान र थुनछेक बहसपछि विशेष अदालतले उनीहरुलाई थुनामा पठाउने आदेश गरेको हो ।

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई प्रतिवादी बनाइएको सम्पत्ति शुद्धीकरणको दोस्रो मुद्दामा भट्ट र अग्रवाललाई पनि मुद्दा चलाइएको थियो ।

पौडेललाई साधारण तारिखमा छाड्न आदेश दिएको विशेष अदालतले अरु दुईजना आरोपितलाई थुनामा पठाउन भनेको हो ।

Scroll to Top