काठमाडौंका सडकमा खाल्डा पुर्ने काम तिव्र



काठमाडौं, साउन २८ गते ।

काठमाडौंका सडकमा रहेका खाल्डा पुर्ने कामलाई तिव्रता दिइएको छ । सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार अहिले रोड मेन्टिनेन्स एम्बुलेन्स परिचालन गरी मर्मतको कामलाई तीव्रता दिइएको हो ।

कार्यालयले सवारी साधनको चाप कम हुने रातको समय पारेर यस्तो काम गर्दै आएको छ । कार्यालयका अनुसार बुधबार तिनकुने–गैरीगाउँ–विमानस्थल–गैरीधारा–माइतीघर–बबरमहल–बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा खाल्डाखुल्डी तथा क्षतिग्रस्त भागहरूमा मर्मतको काम गरिएको छ ।

Scroll to Top