पत्रकार किशोर श्रेष्ठलाई हतकडी लगाएर अदालत पुर्‍याइयो



काठमाडौं, साउन २८ गते ।

बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई हतकडी लगाएर काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ। यसअघि उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो।

श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन् । उनलाई वैयत्तिक गोपनीयताको हनन् सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनको रिहाइको माग गर्दै पत्रकारसँग सम्बन्धित संघसंस्थाहरूले प्रदर्शन गरिरहेका छन्।

Scroll to Top