मुग्लिन–काठमाडौं सडक आठ घण्टापछि सञ्चालनमा



काठमाडौं, साउन ३१ गते ।

मुग्लिन–काठमाडौं सडक दुईतर्फी सञ्चालनमा आएको छ । ८ घण्टा लगाएर पहिरो पन्छाएसँगै आइतबार बिहान सवा ६ बजेपछि सडक सञ्चालनमा आएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित सडकमा गएराति १०ः२५ मा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

सडकमाथिबाट रुखसहितको सुक्खा पहिरो खस्दा अवरुद्ध बनेको सडक पन्छाउन ५ वटा उपकरण प्रयोग गरिएको थियो ।

पहिरो पन्छाइसँगै अहिले बिहान सवा ६ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ ।

Scroll to Top