उत्कृष्ट प्रहरी घोषित भएका सइ युवतीसहित पक्राउ

File Photo



काभ्रेपलाञ्चोक, भदौ १ गते ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकबाट उत्कृष्ट प्रहरी घोषित भएका काभ्रेपलान्चोकको नामोबुद्द–४ मा रहेको प्रहरी चौकी भकुण्डेका इन्चार्ज सइ गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले होटेलबाट युवतीसहित रंगेहात नियन्त्रणमा लिएका छन् ।

स्थानीइ नमोबुद्ध होटलबाट मध्यरातमा युवतीसहित स्थानीयले रङेहात समातेर जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाएका हुन् । श्रेष्ठ गत जेठमा उत्कृष्ट प्रहरी घोषित भएका थिए ।

स्थानीयले श्रेष्ठ जिम्मेवारी र मर्यादा बिर्सेर कानुनविपरीत कार्य गरेको भन्दै नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालय धुलिखेलको प्रहरी टोलीले श्रेष्ठलाई जिल्ला ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख एसपी रबिन कार्कीका अनुसार स्थानीयले खबर गरेपछि श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय धुलिखेल ल्याइएको हो । ‘श्रेष्ठसहित दुईजना नै प्रहरी नियन्त्रणमा छन्, थप अनुसन्धान भइरहेको छ’, एसपी कार्कीले भने ।

Scroll to Top