हुम्ला, भदौ १ गते ।
प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइको नेतृत्वमा अनुगमन गएको टोलीले ३९ लाख ६६ हजार रुपैयाँ बराबरको अवैध चिनियाँ मदिरा र बडवाइजर क्यान बियर नष्ट गरेको छ ।
हुम्लाको नाम्खा गाउँपालिका–२ छुङसा चौरमा लुकाइ राखेको अवस्थामा ६०६ कार्टुन अवैध चिनियाँ मदिरा ५४ कार्टुन बडभाइजर क्यान बियर र एक कार्टुन हुस्की नष्ट गरिएको हो ।
सात हजार २७२ बोतल अवैध चिनियाँ मदिरा र एक हजार २९६ बोतल बडवाइजर क्यान बियर र १२ बोतल हुस्की नष्ट गरेको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइले जानकारी दिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान,कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाका प्रतिनिधि, उद्योग वाणिज्य संघ र सञ्चारकर्मी र नाम्खा गाउँपालिका(४ का वडाध्य लातार लामाको रोहबरमा नाम्खा गाउँपालिका छुङसा चौर पुगेर लुकाइ राखेको अवैध अखाद्य वस्तु चिनियाँ मदिरा नष्ट गरेको प्रजिअ गुरागाइले बताए ।
गत साउन २८ गते नाम्खा गाउँपालिका २ को नावलथाङबाट सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीको नेतृत्वको टोलीले ५९४ कार्टुन अवैध चिनियाँ मदिरा १९४ बडवाइजर बरामद गरेको प्रजिअ गुरागाइले बताए ।
हुम्लामा एक साताभित्रै प्रहरीले ९१ लाख ५९ हजार बराबरको अवैध चिनियाँ मदिरा बरामद गरेको छ ।





