काठमाडौं, भदौ ५ गते ।
बेनी–जोमसोम सडक दुई ठाउँमा अवरूद्ध भएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरस्थित सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा यातायात दुवैतर्फ पूर्ण अवरूद्ध भएको हो।
पहिरो शनिबार बिहान ५–२५ बजे खसेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यस्तै म्याग्दीकै रघुगंगा गाउँपालिका–२ बैसेरीमा पनि लेदोसहितको पहिरो खसेको छ।
शनिबार बिहान ०५ः३० बजे सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।





