नेपाल राष्ट्रिय जातीय संग्रहालयको अध्यक्षमा तामाङ निर्वाचित



काठमाडौं, भदौ ७ गते ।

नेपाल राष्ट्रिय जातीय संग्रहालयको अध्यक्षमा पुनः कुमार ब्लोन तामाङ निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि जातीय संग्रहालयको अध्यक्षमा तामाङ पुनः निर्वाचित भएका हुन् ।

अधिवेशनबाट रणबहादुर थामी प्रथम उपाध्यक्ष, गंगामाया धिमाल द्वितीय उपाध्यक्ष, इन्दिरा जिमी महासचिव, ई। सानु बाबु प्रजापति सचिव, रूपबहादुर योञ्जन कोषाध्यक्ष र भीमप्रसाद योङहाङ सह–कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरूमा गोविन्दराम चेपाङ, बिलाम मोक्तान, राधाकृष्ण बस्नेत, डा। पशुपति न्यौपाने, प्रा।डा। धनबहादुर कुँवर, कृष्णाकुमारी सुब्बा, उर्केन दोर्जे लामा, हरिचन छन्त्याल र टंकप्रसाद पाण्डे निर्वाचित भएका छन् ।

नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य बोकेको संग्रहालयको नयाँ नेतृत्वमा विभिन्न जातजातिको प्रतिनिधित्व समेटिएको छ ।

नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षमा नेपालका विभिन्न समुदायका भाषा, संस्कृति, कला, परम्परा, भेषभूषा, जीवनशैली तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन, अभिलेखीकरण र पुस्तान्तरणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Scroll to Top