१९९ किलो गाँजासहित टिपर चालक पक्राउ



उदयपुर, भदौ ८ गते ।

उदयपुरमा प्रहरीले १९९ किलो गाँजासहित टिपर चालकलाई पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले कटारी नगरपालिका–४ मरुवा खोला क्षेत्रबाट गाँजासहित उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार भदौ ७ गते राति करिब १ः४५ बजे बेतेनीबाट कटारीतर्फ आउँदै गरेको ना.७ ख ८१७३ नम्बरको टिपरलाई चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको थियो।

गाँजा फेला परेपछि टिपर चालक रुपन्देहीको देवदह नगरपालिका–७ स्थायी ठेगाना भई हाल कटारी नगरपालिका–४ बस्दै आएका करिब २१ वर्षीय सोम मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बरामद गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Scroll to Top