काठमाडौं–मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा सञ्चालन



काठमाडौं, भदौ १४ गते ।

आइतबार बिहान केहीबेर अवरुद्ध काठमाडौं–मुग्लिन–नारायगण सडक खण्ड पुनः पूर्णरूपमा सञ्चालनमा आएको छ ।

रसुवाको भोटेकोशी नदीमा बाढीको बहाब बढेको सूचनापछि नारायणगढबाट मुग्लिङ हुँदै पोखरा र काठमाडौँतर्फ जाने तथा आउने सबै प्रकारका सवारीसाधन चलाउन प्रहरीले रोक लगाएको थियो ।

भोटेकोशी बाढीको बहाब जोखिमपूर्ण नभएको सूचना जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले गराएपछि पुनः यातायात सञ्चालन गरिएको चितवन प्रहरीले जनाएको छ ।

Scroll to Top