पृथ्वी राजमार्गको सडक पनि भासियो



काठमाडौं, भदौ १५ गते ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–३ स्थित परेवाटारमा पनि सडक भासिएको छ ।

त्रिशूलीको बाढीले सडकको बेस निरन्तर कटान गरेपछि सडक भासिएको धादिङ प्रहरीले जनाएको छ ।

आइतबारदेखि त्रिशूलीको बाढीले उक्त खण्डको खण्डको बेस निरन्तर कटान गर्दा सडक भासिएर दुईतर्फी सडक अवरुद्ध बनेको प्रहरीको भनाइ छ ।

यसअघि त्रिशूलीको बाढीका कारण सोही राजमार्गको कृष्णभिरमा सडक भासिँदा सडक पूर्णरूपमा अवरुद्ध बनेको थियो ।

उक्त खण्डमा बाढीले सडक क्षति गरेपछि संघीय राजधानी काठमाडौं आउजाउका लागि विकल्पको रूपमा चितवनको नारायणगढबाट हेटौंडा(काठमाडौंका तीन रुट प्रयोग भएर गाडीहरू सञ्चालन भइरहेका छन् ।

Scroll to Top