विज्ञ टोलीसहित गगन पुगे रसुवामा



काठमाडौं, भदौ १९ गते ।

नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन् ।

उनी शुक्रबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको जनधनको क्षतिबारे जानकारी लिन रसुवा पुगेका हुन् ।

थापा विज्ञहरूसहित रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ३, घिचेत पुगेका सचिवालयले जनाएको छ ।

यसअघि उनी १५ भदौमा बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–३ पुगेका थिए ।

सभापति थापाले बिहीबार पार्टीका तर्फबाट स्थलगत निरीक्षणमा देखिएको दृष्यका आधारमा विस्तृत प्रतिवेदन तयार गरेर सार्वजनिक गरिने बताएका थिए ।

१० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ ।

Scroll to Top