पहिरोका कारण मार्तडी–साँफेबगर सडक अवरुद्ध



काठमाडौं, भदौ २१ गते ।

ठाउँ–ठाउँमा पहिरो खसेका कारण बाजुराको मार्तडी–साँफेबगर सडक खण्ड अवरुद्ध बनेको छ ।

बडीमालिका नगरपालिका– वडा नम्बर ९, ८ र ६ का विभिन्न स्थानमा गएराति पहिरो खसेका कारण सो सडक खण्ड अवरुद्ध बनेको बाजुरा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतिक्षालय, सेलागाड, सुवाकाँध, वडा नम्बर ८ को राप्का र वडा नम्बर ६ को जडाङ्गा लगायतका स्थानहरूमा पहिरो खसेको छ ।

सडक विभागको उपकरण प्रयोग गरी पहिरो हटाएर सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

Scroll to Top