भेरी करिडोर सडक पुनः सञ्चालनमा



डोल्पा, भदौ २१ गते ।

भेरीकरिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ ।

पहिरो पन्छाएसँगै सडक पुनः सञ्चालनमा आएको डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिए।

करिडोर अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका(५ छिप्रेदहमा आइतबार बिहान करिब साढे ८ बजे सुख्खा पहिरो खसेको थियो । पहिरोका कारण यातायात सेवा ठप्प हुँदा डोल्पाबाट बाहिरिने तथा भित्रिने सवारीसाधन छिप्रेदहमै रोकिएका थिए।

सडक सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधनहरू आ(आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

सडक सञ्चालनमा आए पनि सडकखण्डमा पहिरो खस्न सक्ने जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह समेत गरेको छ।

Scroll to Top