चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तिन पदाधिकारी नियुक्त



काठमाडौँ, भदौ २४ गते ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तीन पदाधिकारी नियुक्त भएका छन् । प्रतिष्ठानको शिक्षाध्यक्षमा डा।रविराम श्रेष्ठ, रजिस्ट्रारमा डा।ममता भट्टराई कोइराला र डिनमा डा।विकास विक्रम सिंह अधिकारी नियुक्त भएका हुन् ।

नवनियुक्त पदाधिकारीहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यसअघि न्याम्सको उपकुलपतिमा प्रा.डा.विकेक आचार्यलाई नियुक्त गरिएको थियो । उपकुलपति आचार्यको सिफारिसमा मन्त्रालयले अन्य पदाधिकारी नियुक्त गरेको हो ।

यससँगै न्याम्समा रिक्त रहेका पदाधिकारको पदपूर्ति सम्पन्न भएको छ ।

Scroll to Top