बर्दिबास, भदौं २५ गते ।
महोत्तरीमा आफ्नै घरबाट हराइरहेकी ९ वर्षीय बालिका सकुशल फेला परेको छ ।
आफ्नै घरको ढोकाको कुनाबाट बालिकालाई प्रहरी टोलीले उद्दार गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी उपरीक्षक गुरुप्रसाद तिमल्सिनाले बताए ।
बालिका पौने ९ बजेदेखि घरबाटै बेपत्ता भएको खबर आएपछि प्रहरी टोली गाउँ पुगेको थियो ।





