काठमाडौं, भदौ २५ गते ।
नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहानका लागि दलको बैठक बोलाएका हुन् ।
सिंहदरबारस्थित दलको कार्यालय बिहान ११ बजे बैठक बस्ने आङ्देम्बेको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठक अघि बस्ने संसदीय दल कार्यसमिति बैठकले एजेन्डाहरू तय गर्ने छ ।





