पहिरो खसेपछि त्रिभुवन राजपथ अवरुद्ध



काठमाडौं, भदौ २५ गते ।

पहिरोका कारण त्रिभुवन राजपथ अवरुद्ध बनेको छ ।

गएराति ९ बजे धादिङको थाक्रे गाउँपालिका–७ सोप्याङखोलामा पहिरो खसेका कारण काठमाडौं–हेटौंडा जाने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध बनेको धादिङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरो निरन्तर झरी रहेका कारण पन्छाउन समस्या भएको छ ।

बिहीबार बिहानैदेखि ४ वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।

कृष्णभिरमा बाढीका कारण सडक भासिएपछि पृथ्वीराजमार्ग अवरुद्ध छ ।

पृथ्वीराजमार्ग बन्द भएपछि काठमाडौं भित्रिने(बाहिरिने सवारीसाधनहरूले हेटौंडा–काठमाडौं जोड्ने वैकल्पिक राजमार्गहरू प्रयोग गर्दै आइरहेका छन् ।

जसका कारण हेटौंडा(काठमाडौंका तीन रुटमा सवारीसाधनहरूको ठूलो चाप छ ।

Scroll to Top