द पब्लिक टुडे
बर्दिबास, भदौं २५ गते ।
महोत्तरीमा एक स्कुले बालिका घरबाटै बेपत्ता भएकी छिन् । बर्दिबास नगरपालिका वडा नं ६ किसाननगरस्थित मामाघर बस्दै आएकी ९ बर्षीया बालिका आनन्दी ठाकुर घरबाटै सम्पर्कबिहिन भएको हो ।
जनएकता आधारभूत विद्यालय किसाननगरको कक्षा ३ मा पढ्ने आनन्दी बिहिबार बिहान स्कुल जाने तयारीमा थिइन् । विद्यालय नपुगेपछि उनको खाजीकार्य सुरु गरिएको शिक्षक सन्तोष महतोले जानकारी दिए ।
बालिका बेपत्ता भएको खबर पाएलगत्तै खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी उपरीक्षक गुरुप्रसाद तिमल्सिनाले बताए ।





