द पब्लिक टुडे
गौशाला, जेठ १० गते ।
सर्लाहीमा टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु. भएको छ भने एक गम्भीर घाइते भएका छन् ।
आज बिहान जिल्लाको बागमती नगरपालिका–१, पानीट्याङ्की चोक नजिकै पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परि सर्लाही बागमती नगरपालिका–६ निवासी २१ वर्षीय मोहमद कैफ मिकरानीको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ । शनिवार बिहान करिब ८ बजेतिर पूर्वतर्फ जाँदै गरेको बालुवा लोड टिपरले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि मोटरसाइकलमा सवार मिकरानी र सुमित यादव गम्भीर घाइते भएका थिए । घाइतेहरूलाई तत्काल हरिवनस्थित नमुना अस्पतालमा लगिएको थियो । प्रारम्भिक उपचारपछि दुवैलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको थियो ।
अस्पतालमा उपचारका क्रममा २१ वर्षीय मोहमद कैफ मिकरानीको ज्यान गरेको हो भने घाइते यादवको अवस्था गम्भीर रहेको र उनको उपचार जारी रहेको इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीले जनाएको छ ।
दुर्घटनामा पश्चात टिपर घटनास्थलमै रहेको र चालक बागमती नगरपालिका–१२ निवासी ३४ वर्षीय उदव मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





