कङ्कालिनी भगवती मन्दिरमा ५९० वटा राँगाको बली



राजविराज, असोज १६ गते ।

बडादसैँको अवसरमा यस वर्ष सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिमा ५९० वटा राँगाको बली चढाइएको छ । मन्दिरमा राँगा दार्ता डायरी फाटमा कार्यरत शम्भुकुमार मण्डलका अनुसार गत वर्ष भने मन्दिरमा ६१८ वटा राँगाको बली दिइएको थियो ।

मन्दिर विकास समितिले अपनाएको गोलाप्रथा विधिबाट हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका वीरेन्द्र माझीको राँगाको सुरुमा बली दिइएको थियो । कङ्कालिनी नगरपालिका–१ अध्यक्ष सुरेन्द्र मण्डलका अनुसार त्यसपछि देशका विभिन्न ठाउँ र भारतको बिहार राज्यबाट ल्याइएका पशुहरुको बली दिइएको थियो ।

Scroll to Top