द पब्लिक टुडे
गौशाला, फागुन १५ गते।
महोत्तरीको गौशाला नगरपालिकामा आज सार्वजनिक विदा दिइएको छ ।
४४औं मगर दिवसको अवसरमा गौशाला नगरपालिकाले एकदिन विदा दिइएको हो ।
नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरु शुक्रवार एकदिनका लागि बन्द गरिएको गौशाला नगरपालिकाका नगर प्रमुख डा। दीपेन्द्र महतोले जानकारी दिए ।
बिहीबार नगरपालिकाले एक सूचना जारी गर्दै मगर दिवसको उपलक्ष्यमा शुभकामना गर्दै आज एकदिन विदा दिइएको जनाए ।





