काठमाडौँ, चैत १४ गते ।
काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ।
शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो निभाउन दमकलसहित सुरक्षाकर्मी खटिएका छन्।
आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ। आगलागीको कारण खुलेको छैन।





