काठमाडौँ, चैत २० गते ।
गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेट्नुभएको छ ।
उनले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गए राति भेट्नुभएको हो । चिकित्सकहरूबाट उनिहरूको स्वास्थ्यस्थितिबारेपनि मन्त्री गुरुङले जानकारी लिनुभएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
घाइतेहरूलाई पूर्वसांसद डा सुनिल शर्माले निःशुल्क उपचार गर्दै आउनुभएको छ । निःशुल्क उपचार गरेकामा गृहमन्त्रीले केएमसीका सञ्चालक डा शर्माप्रति आभार व्यक्त गरिएको छ ।





