डोटी, वैशाख ८ गते ।
डोटीमा एक युवक सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, डोटीले दिएको जानकारी अनुसार जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ घोलतडास्थित सेती नदीमा नुहाउने क्रममा बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका करिब २२ वर्षीय दिपक बोहरा बेपत्ता भएका हुन् ।
बोहरा दिपायल सिलगढी नगरपालिका–५ स्थित क्याब दुनिला क्रसर कम्पनीमा काम गर्दै आएका थिए ।
उनको खोजी कार्यमा नेपाल प्रहरीका ८ र सशस्त्र प्रहरी बलका १३ गरी २१ जनाको टोलीले परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।





