पार्टीमा अराजकताको अन्त्य गर्न आवश्यक: महासचिव पोखरेल

File Photo



काठमाडौँ, वैशाख ९ गते ।

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ जीवन दिनका लागि पार्टीका नेताहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।

बुधबार नेकपा स्थापना दिवसको अवसर पारेर पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी नेताहरुलाई एकतावद्ध बनाएर मात्रै मुलुकको भविष्यलाई अघि बढाउन सकिने सच्याईलाई पार्टीका नेताहरुले आत्मासात गरेर अघि बढ्नुपर्ने बताए।

पार्टीका कार्यकर्ता र आम जनताले पनि नेताहरुले मिलेर मात्रै एमालेलाई नयाँ जीवन दिन सकिने र भविष्यमा आशा गर्न सकिने पार्टीको रुपमा अघि बढाउन सकिने निष्कर्ष सुनाएको महासचिव पोखरेलको भनाई थियो। उनले पार्टीभित्र देखिएको अराजकताको अन्त्य गर्नुपर्नेमा पनि जोड दिए।

महासचिव पोखरेलले भने,‘अराजकता पार्टी सुदृढीकरणको आधार होइन। अराजकता सबलताको आधार होइन। अनुशासनहीता हाम्रो समृद्धिको आधार होइन। हाम्रो सुरक्षित भविष्य होइन। यो सत्यलाई बुझेर हामीले हाम्रो पार्टी पंक्तिलाई अनुशासित बनाउनु पर्दछ। एकतावद्ध बनाउनु पर्दछ। भविष्यमुखि बनाउनु पर्दछ। र, भविष्यप्रति आशावादी बनाउनु पर्दछ।’

महासचिव पोखरेलले एमाले नेताहरूले जनतातिर फर्केर उनीहरूको हित हुने गरी पार्टी कामलाई अघि बढाउनुपर्ने बताए।

Scroll to Top