सिरहा : टिपरको ठक्करबाट पैदलयात्रीको ज्यान गयो



सिरहा, वैशाख १५ गते ।

सिरहाको गोलबजार नगरपालिका–६ धमनी मन्दिर नजिक पूर्व–पश्चिम लोकमार्गमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मंगलबार बिहान करिब १० बजे गोलबजारबाट लहानतर्फ जाँदै गरेको ना १ क ९२२८ नम्बरको टिपरले सोही दिशामा पैदल हिँडिरहेका उदयपुर कटारी नगरपालिका–१ निवासी करिब ५० वर्षीय समजित राईलाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका राईको पेट तथा दुवै हातमा चोट लागेको थियो । उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल लहान पुर्‍याइए पनि बिहान ११स्२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार टिपर र चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ निवासी ४६ वर्षीय प्रविन सिंह क्षेत्रीलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

Scroll to Top