काठमाडौं, असार १७ गते ।
नेपालका लागि पाकिस्तानी राजदूत अबरार हाशिमीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
उनीहरूबीच बुधबार दिउँसो राष्ट्रपति कार्यालयमा भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ ।
पाकिस्तानी राजदूत हाशिमीको यो बिदाइ भेट पनि हो ।
कार्यकाल सकेर फर्कंदै गरेका राजदूत हाशिमीलाई राष्ट्रपति पौडेलले सफलतापूर्वक कार्यकाल सफल पारेकोमा बधाइ दिए ।
साथै, आगामी दिनमा नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझै सुमधुर हुने विश्वास राष्ट्रपति पौडेलले गरेका छन् ।





