साउन १ देखि सर्वोच्चमा डेढ साता नियमित सुनुवाइ प्रभावित हुने



काठमाडौं, असार २६ गते ।

आगामी साउन १ गतेदेखि सर्वोच्च अदालतको नियमित सुनुवाइ प्रक्रिया करिब डेढ साता प्रभावित हुने भएको छ ।

हरेक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमति सुनुवाइ रोकिने अभ्यास छ । सोही अनुसार, यो वर्ष नयाँ आर्थिक वर्ष सुरु भएपछि करिब डेढ साता सुनुवाइ प्रक्रिया प्रभावित हुने भएको हो ।

सर्वोच्च अदालत प्रशासनका अनुसार, साउन ११ गतेबाट मात्रै नियमित सुनुवाइ हुनेछ ।

यसअघि दुई सातासम्म पनि सुनुवाइ रोकिने गरेको थियो । यो पटक भने ११ दिनमात्रै अवरुद्ध हुने भएको सर्वोच्च अदालतले जनाएको छ ।

यसबीचमा बन्दी प्रत्यक्षीकरणका मुद्दा भने रोकिंदैनन् । केही निवेदनमा भने सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

Scroll to Top