काठमाडौँ, असार २८ गते ।
ठमेल क्षेत्रभित्रका व्यवसायी तथा घरधनीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी भएको छ ।
परिषद्को आज सम्पन्न निर्वाचनमा डङ्गोलले प्रश्रय राजभण्डारीलाई पराजित गरिएको निर्वाचन अधिकृत हरिप्रसाद पङ्गेनीले जानकारी दिए । डङ्गोलले ७२८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राजभण्डारीले ३६५ मत प्राप्त गरिएको थियो ।
परिषदल्को प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्वितीय उपाध्यक्षमा दावाङ ९दावा० तामाङ, तृतीय उपाध्यक्षमा रमेश थापा विजयी भएको छ ।
महासचिवमा पशुपति कँडेल ७२० मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी पुण्यराम लागेजुले ३३३ मत प्राप्त गरियो ।
कार्यसमितिको सचिवमा दिलिप कँडेल, कोषाध्यक्षमा किन्चु लामु भुटिया ९श्रेष्ठ० विजयी हुनुभएको निर्वाचन अधिकृत पङ्गेनीले बताए ।
यस्तै, सदस्यहरुमा सुरेन्द्र डङ्गोल, बालकृष्ण खनाल, सानुकाजी महर्जन, रोशन प्रधान ९श्रेष्ठ०, विश्वमान प्रधान, लिजा मानन्धर, कृष्णबहादुर सेढाईँ र चन्द्रा तामाङ विजयी भएको छ ।
आगामी दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा कुल एक हजार ३०९ मतदाता रहेको परिषद्को निर्वाचनमा एक हजार २२५ मत खसेको थियो । निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष डङ्गोलले सुरक्षित र व्यवस्थित ठमेल निर्माणमा आफ्नो ध्यान केन्द्रीत हुने बताए ।
उनले पछिल्लो समय अन्तरराष्ट्रिय पर्यटक केन्द्र ठमेललाई प्रविधिसँग जोडेर अगाडि बढ्ने बताए ।





