घुमुवा प्रहरी भन्दै रकम असुल गरेको आरोपमा एक जना पक्राउ



काठमाडौं, साउन ९ गते ।

रुपन्देहीमा घुमुवा प्रहरी भन्दै रकम असुल गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

नक्कली घुमुवा प्रहरी बनेर रकम असुल गर्ने गरेको आरोपमा सिद्धार्थनगर नगरपालिका–१३ घर भई ओमसतिया गाउँपालिका४ बालापुरमा भाडामा बस्ने ४९ वर्षीय राकेशरताप राणा पक्राउ परेका हुन् ।

घुमुवा प्रहरी भन्दै दश हजार रकम मागिरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सिद्धाथर्नगर–१३ शान्तिनगरबाट उनलाई नियन्त्रणमा लिएको हो ।

उनको साथबाट नक्कली पेस्तोल, गाँजा, मोबाइल र २६०० रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।

Scroll to Top