जय नेपाल पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिइने



काठमाडौँ, साउन २७ गते ।

धवल शमशेर राणा र दुर्गा प्रसाईं नेतृत्वको ‘जय नेपाल पार्टी’ दर्ताका लागि साउन २९ गते शुक्रबार निर्वाचन आयोगमा निवेदन पेस गरिने भएको छ।

राणाद्वारा जारी आह्वान–पत्र अनुसार निर्वाचन आयोगमा दल दर्ता गर्नका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।

मंगलबार बसेको कार्यदलको निर्णय अनुसार शुक्रबार दल दर्ता गर्ने कार्यक्रम तय गरिएको हो। उनले सवा १२ बजे निर्वाचन आयोग पुग्ने कार्यक्रम तय भएको बताएका छन् ।

Scroll to Top