काठमाडौं, साउन ३१ गते ।
काठमाडौं महानगरपालिका–१६ टौडोलमा घरको ताला फुटाएर ठूलो मात्रामा गरगहना चोरी भएको छ । चोरीको आरोपमा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–३ का २५ वर्षीय सुमन थापा मगर, कन्चनपुरको कृष्णपुर नगरपालिका घरभ एका २३ वर्षीय दीपेश नेगी, गोरखाको धार्चे गाउँपालिका–५ का ५१ वर्षीय धनबहादुर सुनार र सोही ठाउँका ३५ वर्षीय सुकबहादुर गुरुङ छन् । उनीहरुलाई प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप भएको छ ।
यो समूहले २६ साउनमा टौडोलस्थित एक घरमा चोरी गरेको थियो । उनीहरुबाट नगद ७५ हजार, सुनका मुन्द्रा, झुम्का, औंठी, सुनका गहनाका टुक्राहरु, ल्यापटप, मोबाइल, घडी, युएस डलर, फलामे छिनो, रड, मूर्ति, क्याप टोपी, खुकुरी जस्ता सामानहरु बरामद गरेको छ ।





