बाढीले कटान गरेपछि काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध



काठमाडौं, भदौ १४ गते ।

बाढीका कारण काठमाडौं–मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाव बढ्दा सडक अवरुद्ध भएको हो ।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय ९गौतम०का अनुसार त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको छ ।

आज बिहान केहीबेर अवरुद्ध भएर खुलेको सडक केही समयमै पूर्णरुपमा बन्द भएको हो । सडक बन्द भएपछि यात्रु अलपत्र परेका छन् ।

Scroll to Top