काठमाडौं, भदौ १८ गते ।
रसुवा बाढीमा २१७ विद्यार्थी र १५ शिक्षक अझै सम्पर्कमा आएका छैनन् । शिक्षा विभागका निर्देशक निलकण्ठ ढकालका अनुसार, प्रारम्भिक तथ्यांकअनुसार २१७ विद्यार्थी र १५ शिक्षक सम्पर्कविहीन छन् ।
प्रभावित विद्यार्थी तथा शिक्षक रसुवा, नुवाकोट र धादिङका शैक्षिक संस्थासँग सम्बन्धित रहेको विभागले जनाएको छ ।
बाढीका कारण सामुदायिक तथा संस्थागत विद्यालयका भवन तथा अन्य भौतिक संरचनामा समेत पूर्ण र आंशिक क्षति पुगेको छ ।
क्षतिको विस्तृत जिल्लागत विवरण संकलन तथा अद्यावधिक भइरहेको विभागले जनाएको छ । मन्त्रालयले यकिन तथ्यांकका आधारमा राहत, पुन स्र्स्थापना र पुनस्निर्माणका कार्यक्रम अघि बढाउने जनाएको छ ।
क्षतिको विस्तृत जिल्लागत विवरण संकलन तथा अद्यावधिक भइरहेको विभागले जनाएको छ । मन्त्रालयले यकिन तथ्यांकका आधारमा राहत, पुनःर्स्थापना र पुनःनिर्माणका कार्यक्रम अघि बढाउने जनाएको छ ।
मन्त्री सस्मित पोखरेलले आगामी दिनमा बाढी प्रभावित क्षेत्रका विद्यालयहरुको पुनस्निर्माणका सन्दर्भमा आवाशीय सुविधा र विद्यालय बस सुविधासहितका ठूला विद्यालयको अवधारणा अनुसार अगाडि बढ्दा उपयुक्त हुनसक्ने बताए ।





