काठमाडौँ, भदौ २० गते ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनिया नागरिकलाई दूतावासको टोलीले भेटेको छ।
काठमाडौंस्थित चिनियाँ दूतावासको टोलीले छाउनीस्थित शैनिक अस्पताल पुगेर उद्धार गरिएका आफ्ना नागरिकलाई भेटेको हो। टोलीले उनको स्वास्थ्य अवस्था र उपचारबारे पनि जानकारी लिएको छ।
शनिबार माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट चिनियाँ नागरिकको उद्धार गरिएको छ। उनी भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण सुरुङ भित्रै थुनिएका थिए।
उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।





