सर्लाहीमा पाँच किलो गाँजासहित एक युवक पक्राउ

Facebook
Twitter
WhatsApp
Print


सर्लाही, शुक्रवार ८ गते । सर्लाहीको लालबन्दीबाट लागूऔषध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
लालबन्दी नगरपालिका २ जुटपानी स्थित बस बिसौनीबाट ५ किलो गाँजासहित मकवानपुर रानीसेरा गाउँपालिका १ का १८ वर्षीय पालसाङ बम्जनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रातो क्रेटको माथिल्लो भागमा टमाटर राखेर भित्रि भागमा प्लाष्टिकमा बेरेर लुकाएर राखेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार