रसुवा बाढीपछि महोत्तरीका ११ जना सम्पर्कविहिन



द पब्लिक टुडे
ढल्केवर, भदौ ११ गते ।

रसुवामा आएको भीषण बाढीपछि महोत्तरी जिल्लाका ११ जना सम्पर्कविहीन भएका छन् । बुधबार आएको विनाशकारी बाढीपछि रसुवामा कार्यरत तथा भ्रमणमा रहेका जिल्लाका ११ जना सम्पर्कविहीन रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

सम्पर्कविहीन हुनेमा बर्दिबास नगरपालिका–३ का इन्जिनियर सौभाग्य बिष्ट, बर्दिबास–९ की जोया राना मगर, गौशाला नगरपालिका–१ का विजय थापा मगर, पिपरा गाउँपालिका–३ का इन्जिनियर विकास यादव, औरही नगरपालिका–३ का सचिन कुमार यादव, जलेश्वर नगरपालिका–१० का सुशील लाल दास, जलेश्वर–९ का राकेश कुमार यादव, लोहरपट्टी नगरपालिका–७ का युवराज पाण्डे तथा गौशाला नगरपालिका–८ का शीतल लुङ्गेली, उनका श्रीमति सरीता लुङगेली र उनका छोरा साईमन लुङगेली रहेका छन् ।

उनीहरूमध्ये केही रसुवामा कार्यरत थिए भने केही घुम्न तथा अन्य कामका सिलसिलामा रसुवा पुगेका थिए । बाढीपछि उनीहरूसँग सम्पर्क हुन नसकेको परिवारजनले जनाएका छन् ।

रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ३५९ पुगेको छ । अहिलेसम्म ३५९ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Scroll to Top