द पब्लिक टुडे
ढल्केवर, भदौं ११ गते ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको तत्कालीन उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि गौतम होटलले आर्थिक सहयोग प्रदान गरेको छ ।
धनुषाको लालगढ र महोत्तरीको बर्दिबासमा रहेको गौतम होटलका सञ्चालक हिरा गौतमले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा एक लाख ५१ हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको हो । पीडामा केही साथ थप्ने भावनाले गौतम होटलको तर्फबाट एक लाख तथा होटलका कर्मचारी परिवारहरूको तर्फबाट ५१ हजार गरी जम्मा १ लाख ५१ हजार रूपैया सहयोग गरिएको होटलले जनाएको छ ।
विपद्बाट प्रभावित नागरिकहरूको तत्कालीन उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय तथा स्थानीय संघ–संस्थाहरूबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै उक्त आर्थिक सहयोग प्रदान गरेको बताइएको छ ।
गौतम राष्ट्रमा आइपर्ने विभिन्न संकट, प्राकृतिक विपद् तथा महामारीको घडीमा अग्रपंक्तिमा रहेर सहयोग भूमिका निर्वाह गर्दै आईरहेको छ ।





