• The Public Today
  • सवारी दुर्घटनामा पत्रकार महतो घाइते


    द पब्लिक टुडे समाचारदाता-
    बर्दिवास, चैत्र १० गते ।
    महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका सहसचिब, रेडियो दर्पण बर्दिवासका स्टेसन प्रबन्धक एबम् महोत्तरीको गौशालाबाट प्रकाशित हुँदै आएको द पव्लिक टुडे राष्ट्रिय दैनिकका प्रकाशक समेत रहनुभएका महतो आइतबार सडक दुर्घटनामा घाइते हुनुभएको हो ।

    बर्दिवासबाट ज १ प ६१६५ नम्वरको मोटरसाइकलमा जनकपुरतर्फ जाँदै गर्नुभएका पत्रकार महतोलाई आईतवार दिउँसो लु ४८ प ३२७६ नम्वरको मोटरसाइकलले उछिन्ने क्रममा पूर्वपश्चिम राजमार्गको धनुषा जिल्लाको मिथिला नगरपालिका–९ बडहरीमा दुर्घटना भएको हो ।

    दुर्घटनामा परि घाईते हुनुभएका महतोलाई उहाँका सहकर्मीहरुको सहयोगमा उपचारका लागि शुभस्वस्तिक अस्पताल बर्दिवास पु¥याइएको इलाका प्रहरी कार्यालय ढल्केवर प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो । महतोको देब्रे हात भाँच्चिएको, निधार र चिउँडो तथा गोडामा चोट देखिएको उहाँको उपचारमा संलग्न शुभस्वस्तिक अस्पताल बर्दिवासका चिकित्सक डा. सीताराम पराजुलीले बताउनु भएको छ ।

    यसैबीच, नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाले महतोको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको आवश्यक प्रबन्ध गरिदिन स्थानीय प्रहरी÷प्रशासनको ध्यानाकर्षण गराएको छ । महासङ्घ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलले दुर्घटनाको कारण पत्ता लगाइ दोषीलाइ कार्वाही गर्न समेत माग गर्नुभएको छ ।


    क्याटेगोरी : समाज


    प्रतिक्रिया दिनुहोस