द पब्लिक टुडे समाचारदाता
जनकपुरधाम, चैत्र १२ गते ः सेवाग्राहीसँग घूस लिदैं गरेको अवस्थामा राईजोवियम तथा घाँसेबारी बीउ बिजन प्रयोगशाला, जनकपुरधाममा कार्यरत दुई जना कर्मचारी अख्तियारको फन्दामा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले वरिष्ठ पशु विकास अधिकृत डा. राम गुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरीलाई अख्तियारको टोलीले पक्राउ पक्रेको हो ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले दिएको जानकारीअनुसार सम्पन्न भइसकेको कार्यको भुक्तानी आदेशवापत विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास महोत्तरीबाट खटिगएको टोलीले निज डा. राम गुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरीलाई सेवाग्राहीसँग ४० हजार घुसबापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ । उनीहरूलाई धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ विषहराचोकबाट नियन्त्रणमा लिएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।