सर्लाही, चैत्र १५ गते । प्रदेश २ मा परिक्षा सुरू हुनुभन्दा अगावै प्रश्नपत्र आउट भएपछि सामाजिक विषयको परीक्षा स्थगित भएको विरोधमा परीक्षार्थीहरू प्रदर्शनमा उत्रिएका छन् । एसइई परीक्षार्थीको प्रदर्शनले प्रदेश २ को धनुषा, महोत्तरी, सप्तरी, सिरहा, सर्लाही लगायतका जिल्लाहरू शुक्रबार दिनभर तनावग्रस्त छ । प्रदर्शनको क्रममा सर्लाहीको सदरमुकाम मलंगवामा एसईईमा सहभागी विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
लगातार परीक्षा रद्द भएको भन्दै टायर बालेर प्रदर्शनमा उत्रिएपछि प्रहरी र विद्यार्थीबीच झडप भएको हो । प्रदर्शनमा उत्रिएका विद्यार्थीले शिक्षा समन्वय समितिको कार्यालयमा तोडफोड गर्नुका साथै हरिपुर नगरपालिकाको ना १ झ १६३५ नम्बरको गाडीमा तोडफोड गरी क्षति पुर्याएका छन । प्रदर्शनमा उत्रिएका विद्यार्थीले जथाभावी तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन ६ जना विद्यार्थी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले जानकारी दिनुभयो ।
प्रहरीले केही बेरअघि ६ राउन्ड अश्रुग्यास प्रहार गरेको छ। पक्राउ परेका विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ।
यो पनि पढ्नुहोस !
एसईई : प्रदेश २ को बिहीबारको परीक्षा रद्ध
एसइई : विज्ञान विषयको परीक्षा रद्द गरेको विरोधमा प्रदर्शन
एसइई : समाजिक विषयको परीक्षा स्थगित
एसईई : प्रदेश २ मा समाजिक विषयको परीक्षा स्थगित, परीक्षा स्थगित भएको विरोधमा जनकपुरमा प्रदर्शन
एसइई : प्रदेश २ मा परीक्षा स्थगित भएपछि विद्यार्थीहरु आनदोलित, अवस्था तनावग्रस्त