• The Public Today
  • आज तराईका केही जिल्लामा हावाहुरीको सम्भावना, सर्तक रहन मौसमविद्को आग्रह


    काठमाडौं, चैत्र ३० गते । आज दिनभर र भोलि पनि मौसम बदली हुने मौसमविदले बताएका छन् ।  बिहानैदेखि केही ठाउँमा पानी परेको छ । मौसम बदली हुँदा चैते दशैँ र नयाँ वर्ष मनाउन हिँडेकाहरु प्रभावित भएका छन् ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य, पश्चिम र पूर्वी क्षेत्रमा भोलिसम्मै मौसम बदली हुनेछ । वर्षा गराउने बादल सक्रिय भएकाले केही क्षेत्रमा सामान्य पानी पर्ने र ठूलो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

    Advertisement

    तराईमा सामान्य बदली र पहाडका केही ठाउँमा पानी पर्ने मौसमविद सुजन सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी र मध्य तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ ।

    सप्तरी, मोरङ, झापा, बारालगायतका जिल्लाका केही क्षेत्रमा हावाहुरी चल्ने भएकाले सर्तक रहन मौसमविद्ले आग्रह गरेका छन् । प्रिमनसुनको समय भएकाले हावाहुरी र मेघगर्जनसहित पानी पर्नु स्वभाविक रहेको मौसमविदको भनाइ छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस