• The Public Today
  • विश्वकप क्रिकेट-२०१९ : कोहलीको कप्तानीमा भारतीय क्रिकेट टोलीको घोषणा


    गाैशाला, बैशाख २ गते । आगामी महिना इंग्ल्यान्डमा हुने एकदिवसीय विश्वकप क्रिकेट २०१९ का लागि भारतीय टिमको घोषणा भएको छ । सोमबार बीसीसीआईको मुख्यालय मुम्बईमा विश्वकपका लागि भारतीय टोलीको घोषणा गरिएको हो । 

    विराट कोहलीको कप्तानीमा रहेको टोलीमा रोहित शर्मालाई उपकप्तान बनाईएको छ । टोलीमा शिखर धवन, महेन्द्रसिंह धोनी, दिनेश कार्तिक, युजवेन्द्र चहल, रविनद्र जडेजा, विजय शंकर, मोहम्मद शमी, केएल राहुल, केदार याधव, कुलदीप यादव, हार्दिक पाण्ड्य, जसप्रीत बुमराह र भुवेश्वर कुमार रहेका छन् ।

    केएल राहुल, दिनेश कार्तिक, विजय शंकर र रवीन्द्र जडेजा १५ सदस्यीय टिममा पर्दा ऋषभ पन्त र अम्बाती रायुडु भने टोलीमा अटाएनन् । 

    यद्धपी बिसीसीआईले मे २३ सम्म टीममा केही परिवर्तन गर्न सक्ने बताएको छ । विश्वकप क्रिकेट आगामी मे को अन्तिममा सुरु हुनेछ । पहिलो खेल इंग्ल्यान्ड र दक्षिण अफ्रिकावीच लण्डनको ओभल मैदानमा हुनेछ । भारतले पहिलो खेल दक्षिण अफ्रिकासँग जून ५ मा खेल्नेछ । एजेन्सी


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस