हावाहुरी प्रभावितका लागि प्रदेश ३ सरकारले दियो एक करोडको चेक

जनकपुरधाम, बैशाख ४ गते । बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितको लागि प्रदेश ३ सरकारले घोषणा गरेको १ करोड रुपैयाँ हस्तान्तरण गरिएको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको तर्फबाट एक करोडको बुधबार दिउँसो चेक प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई हस्तान्तरण गरेका हुन् ।

गत चैत १७ गते बारा र पर्सा जिल्लामा भीषण हावाहुरीका कारण २८ जनाको मृत्यु हुनुको साथै करोडौंको क्षति पुगेको थियो ।

Advertisement

हावाहुरी प्रभावितका लागि प्रदेश ३ सरकारले राहत स्वरुप एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा यसअघि गरेको थियो । चेक बुझ्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विपतको बेला सहयोग गरेकोमा खुशी व्यक्त गरे ।

चेक हस्तान्तरण गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विपतको बखत एकअर्कालाई सहयोग गर्दा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे । ‘यो कुनै ठूलो सहयोग त होइन तर पनि यसले एक अर्कोलाई पर्दा सहयोग गर्नुपर्छ । भन्ने सन्देश प्रवाह गर्नेछ’ उनले भने ।