महिलामाथि मध्यरातमा दुर्व्यवहार, ८ जना पक्राउ

Photo File

जनकपुर, वैशाख ८ – जनकपुरमा गाउँलेहरुको एक समुहले दलित महिलामाथि दुर्व्यवहार गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ लोहना बस्ने ३५ वर्षीया मुसहर परिवारकी एक महिलालाई गाउँलेहरुले शनिबार राती दुर्व्यवहार तथा कुटपिट गर्दै कपाल खौरिदिएका हुन् ।

महिलालाई दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले ८ जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा ४० वर्षीय रामदुलार सादा, २८ वर्षीय रामविनय सादा, ३७ वर्षीय हरिराम सादा, ३५ वर्षीया लुचवा सादा, ४१ वर्षीय शिवचरण सादा, ३५ वर्षीय राजवीर सादा, ३६ वर्षीय रन्जित सादा र १९ वर्षीय सन्तोष सदा रहेका छन्। पक्राउ पर्नेहरु सबै लोहनाकै हुन् ।

प्रहरी उपरीक्षक शेखर खनालले पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गराइ अभद्र व्यवहार गरेको घटनामा जाहेरी दर्ता भएको बताएका छन् ।

Scroll to Top