सिरहा, बैशाख ११ गते । सिरहामा एक दलितको छोरीको विहेको सम्पुर्ण खर्च प्रदेश २ का राज्यमन्त्री सुरेश मण्डलले व्यहोरेका छन् ।

जिल्लाको कल्याणपुर नगरपालिका वडा नं. ३ प्रसाही स्थित कुशे मल्लिक डुमकी छोरी राधा मल्लिकको विहेको सम्पुर्ण खर्च प्रदेश २ का उद्योग, पर्यटन, बन तथा वातावरण राज्यमन्त्री मण्डलले व्यहोरेका छन् ।
बिहेको दिन उनी अभिभावक सरह सम्पुर्ण विहेको कार्यक्रममा उपस्थित भई नव दम्पतीलाई आशिर्वाद समेत दिएका थिए ।
राज्यमन्त्री मण्डलले आफ्नै निर्वाचन क्षेत्रमा रहेका कुशे मलिक(डुम)को छोरी राधा मलिकको विवाहमा सहभागितासंगै सम्पुर्ण खर्च व्यहोरेका हुन् ।
आर्थिक अवस्था दयनिय रहेका कुशे मलिकले छोरीको विहेको जानकारी गराएपछि राज्यमन्त्री मण्डल विहेमा जन्तीको स्वगतको लागि गएका थिए । विहेको सम्पुर्ण विधि समाप्त भइसकेपछि मात्र घर फर्केका थिए ।